



पुनम गौतम
पोर्तुगल, माघ ११–
हमाल म्युजिकले लामो समयपछि नयाँ गीत बजारमा ल्याएको छ । मेलिना राई र गोविन्द पंगेनीको स्वरमा रहेको ‘बैमानी छौकी छैनौ बाइ’ बोलको गीत सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित गायिका राईको स्वरमा रहेको यो लोकगित दर्शकले मन पराउन थालेका छन् । कुमार के.सीको निर्देशनमा तयार पारिएको यस गीतमा विवश ठकुरी र यन्सु श्रेष्ठले मोडलिड्डको भूमिका निर्वाह गरेका छन् । माया पिरतीको मिठा कुरा गरिएको यस गीत पछिल्लो समय युवा पिढीमा निकै लोकप्रिय हुनेमा विश्वस्त रहेको हमाल म्यूजिकका म्यानेजिड्ड डाईरेक्टर सज्जन हमालले जानकारी दिनुभयो ।
अरु जस्तो बेइमानी हौंकी होईनौ बाई, लेखेको पाईने देखेको नपाईने…., भन्दै गीतले आधुनिक युवा जोडीहरुलाई प्रश्न गर्दै माया गर्ने खालको भिडियो निर्माण गरिएको छ । पछिल्लो समय युवाहरुमा हुने मायामा धोका खानेहरुलाई पहिले नै प्रश्न गर्दै माया लगाउन सिकाइएको भान हुने यो म्युजिक भिडियोले बजार तताउने हमाल म्युजिकले जनाएको छ ।
म्युजिक क्षेत्र सहित पोर्तुगलमा व्यवसायिक क्षेत्रमा समेत जमेका हमाल परिवारको यो आफ्नै अफिसियल म्यूजिक कम्पनी हो ।