होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा चुनावी माहोल सुरु: माघ २६ गतेसम्ममा मतदाता नामावली अद्यावद्यिक

चितवनमा चुनावी माहोल सुरु: माघ २६ गतेसम्ममा मतदाता नामावली अद्यावद्यिक

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, माघ ११

जिल्ला निर्वाचन कार्यालय चितवनले माघ २६ गतेसम्ममा मतदाता नामावली अद्यावद्यिक (दाबी विरोधसहित) गर्न भनेको छ ।

आइतबार निर्वाचनका सरोकारवालासँग अन्र्तक्रिया गर्दे कार्यालयका प्रमुख जनार्दन अधिकारीले माघ १५ गतेबाट अद्यावद्यिक कार्यक्रम सुरु हुने जानकारी दिए । उनले स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सात दिनभित्रमा अद्यावद्यिक गर्न समय तोकिएको जनाए । जिल्ला निर्वाचन कार्यालयमा भने १५ गतेबाट २६ गतेसम्म १२ दिनका लागि अद्यावद्यिक अवधि तोकिएको उनले जानकारी दिए ।

अधिकारीका अनुसार अद्यावद्यिक अवधिमा मतदाताहरुले सामान्य त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, आफ्नो नाम दोहोरो परे सो हटाउने र उजुरी दिने गर्न पाउँछन् । यस्तै आफन्तको मुत्यु भएको, नागरिकता त्यागेको वा रद्ध गरिएको सूचना दिनुपर्छ । यी सबै कामका लागि निश्चित समय (१६ गतेबाट कुनैमा दुई दिन कुनैमा तीन दिनसम्म मात्र) तोकिएकाले समयमै सूचना दिन उनले सबैलाई आग्रह गरेका छन् ।

अद्यावद्यिक कार्यक्रम सकिएपश्चात हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गरी अन्तिम नामावली तयार पारेर आयोगबाट सार्वजनिक गरिन्छ ।

विसं. २०७४ सालको निर्वाचनमा चितवनमा एक लाख ८४ हजार ६९ महिला, एक लाख ६९ हजार ९६५ पुरुष र एक तेस्रो लिंगी गरी कुल तीन लाख ५४ हजार ३५ जना मतदाता रहेका थिए । १६१ मतदान स्थल रहेका थिए भने ४०८ मतदान केन्द्र रहेका थिए ।

चितवनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र तीन वटा, प्रदेश सभा निर्वाचन क्षेत्र ६ वटा, स्थानीय तह सात वटा र ९८ वटा वडाहरु रहेका छन् । हाल प्रतिनिधि सभा विघटन भएकाले वैशाखमा प्रतिनिधि सभाको निर्वाचन मिति तोकिएको छ । आगामी निर्वाचनमा चितवनमा मतदान स्थल १६१ वटै रहने अनुमान गरिएको छ । मतदान केन्द्र भने १८ वटा थप गरी ४२६ वटा हुनसक्ने भनी जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई सिफरिस गरेको छ ।

२०७७ पुस ५ गतेसम्ममा १८ वर्ष पूरा भएका जम्मा मतदाता तीन लाख ६८ हजार ७४९ रहेका छन् । दाबीविरोधपछि यसमा थपघट हुन सक्ने कार्यालय प्रमुख अधिकारी बताउँछन् ।  २०७४ को निर्वाचनपश्चात २० हजार २१३ जनाले मतदाता परिचयपत्रका लागि आवेदन दिएको भए पनि १४ हजार ७१४ जनामात्र मत हाल्न योग्य ठहरिएका छन् । १८ वर्षभन्दा कम उमेरकाले पनि आवेदन दिएकाले सबैको मतदाता नामावली निकाल्न नसकिएको अधिकारीले बताए ।

२०७४ को निर्वाचन पश्चात पुस ५ गतेसम्ममा चितवनमा ३२ हजार १५८ जनाले नयाँ नागरिकता लिएका छन् । नागरिकता लिएका सबैले मतदाता नामावलीका लागि आवेदन नदिएको देखिन्छ । मतदाता नामावलीका लागि आवेदन नदिएका १८ वर्ष पुगेका नागरिकले आगामी वैशाखमा चुनाव भएमा मत हाल्न पाउँदैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका