होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • माडीको विकासमा प्रधानमन्त्रीको नाम जोडेर गलत प्रचार गरियोः रावल

माडीको विकासमा प्रधानमन्त्रीको नाम जोडेर गलत प्रचार गरियोः रावल

चितवन, माघ ११-

नेकपा चितवनकी नेतृ तथा राष्ट्रिय सभाअन्र्तगतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले भरतपुरमा प्रधानमन्त्रीले शिलान्यास गर्ने आयोजनामा कुनै होडबाजी नभएको बताएकी छन । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा सम्बोधन गर्ने आमसभाको बारेमा जानकारी दिन आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा नेता रावलले संघिय सरकारको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेको जानकारी दिइन । माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

दुवै योजनाको बारेमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले केही दिनअघि सिटी हल निर्माण स्थलको अवलोकन गर्दे काम अगाडि बढिसक्यो भन्दै शिलान्यास गर्न आवश्यक नभएको बताएकी थिइन् ।  कार्यक्रममा नेता रावलले भनिन्, ‘ सिटी हल र ६ लेनको सडक दुवै संघीय सरकारका आयोजना हुन् । देशको प्रधानमन्त्रीले नै यसको शिलान्यास गर्नुहुन्छ ।’ देशका तीनै तहको सरकारको बीचमा विकासका आयोजनाहरुको बारेमा समन्वय हुन जरुरी रहेको उनले बताइन् । दुवै योजनालाई अझ छिटो सम्पन्न गर्नको लागि प्रधानमन्त्री आउन लागेको उनको विचार थियो ।

कार्यक्रममा नेता रावलले माडीको पुल निर्माण रोकिनुमा प्रधानमन्त्रीको नाम जोडेर गलत प्रचार गरिएको पनि जानकारी दिइन् । उनले भनिन्, ‘ के कारणले, कसको कारणले रोकिएको हो । चितवनबासीमा जानकारी गराउन लागिरहेका छौं । यो के भइरहेको छ । मैले माथि यस बिषयमा जानकारी गराइसकेको छु । प्रधानमन्त्रीको कारणले पुल निर्माण रोकियो भन्नु गलत हो ।’ निकुञ्ज ऐनको कारणले माडीमा असजिलो भएकोले त्यसको संशोधनको काम भइरहेको उनले बताइन् ।

त्यसैगरी माडीमा निर्माण गर्ने भनिएको राम मन्दिरको बारेमा पत्रकारले सोधेको प्रश्नमा नेता रावलले प्रधानमन्त्रीले आफ्नै खर्चमा राम सीताको मूर्ति निर्माण गर्न लगाइसकेको जानकारी दिइन् । उनले भनिन्, ‘ मेरो समन्वयमा माडी नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ । तीन ठाउँमा राममन्दिर बनाउन प्रस्ताव पनि आएको छ । प्राविधिक टोलीको छलफलपछि उपयुक्त ठाउँको छनोट गरेर छिट्टै माडीमा राममन्दिर निर्माणको काम सुरु गरिने छ ।’ उनले चितवन राष्ट्रिय निकुञ्ज हाम्रो सम्पदा भएकोले यसलाई अभिषाप होइन बरदानको रुपमा विकास गर्नुपर्ने विचार राखिन् ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा संघीय सरकारले खासै चासो नदिएको भन्ने पत्रकारको प्रश्नमा नेता रावलले रंगशालाको जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर काम सुरु भएकोले सरकारको दायित्व रहेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीको सक्रियतामा त्यो क्रिकेट रंगशाला बनाउन दिएको हामीले भुल्न हुँदैन । यसमा सबैको दायित्व छ । तीन तहकै सरकारको दायित्व छ । अभिभावकत्व नलिने कुरै आउँदैन ।’ रंगशाला निर्माणमा तीनै तहको सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउँदै उनले कहाँ कति सहयोग गर्नुपर्ने हो त्यसको लागि सरकार तयार रहेको बताइन् ।

माघ १७ गते हुने आमसभालाई सफल बनाउन नेता काशीनाथ अधिकारीको समन्वयमा समिति गठन गरिएको नेता रावलले जानकारी दिइन् । उनले भनिन्, ‘ केही नेताहरुले मुल घर छाडेर सडकतिर लागे पनि उहाँहरु फर्किएर आउनुहुन्छ । उहाँहरुले अहिले हतार गर्नुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका