जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • देवघाटमा माघ १६ गतेसम्म शहीद सप्ताह मनाइने

देवघाटमा माघ १६ गतेसम्म शहीद सप्ताह मनाइने

चितवन, माघ ११-

देवघाट गाउँपालिकाले शहीदहरुको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै शनिबारबाट सुरु गरेको शहिद सप्ताह आज पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

देवघाट गाउँपालिका–५ मा रहेको कृषि हाट बजार परिसरमा शहीदहरुको तस्विरमा माल्यार्पण गर्दै यस वर्षको शहीद सप्ताहको सुरुवात गरिएको हो । श्रद्धाञ्जली सभामा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राखे । थापाले राष्ट्र निर्माणमा बलिदान गर्ने शहीदहरुको उच्च सम्मानका निम्ति शहिद सप्ताह मनाइएको जानकारी दिए । अध्यक्ष थापाले भने, शहीदहरुको योगदान चीर कालसम्म चर्चामा हुनेछ ।’

कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवम् देवघाट गाउँपालिका ५ वडाअध्यक्ष यालबहादुर गुरुङले शहीदले देश र जनताका लागि गरेको योगदान कहिल्यै नमर्ने बताउँदै उनीहरुले देखाएको त्यागको आदर्शलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए । गुरुङले शहीदको बलिदानले क्रान्ति सफल भएको स्मरण गर्दै सामाजिक रुपान्तरणका माध्यमबाट आर्थिक उन्नती गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जनताको जीवनस्तमा सुधार ल्याउने गरी आर्थिक रुपान्तरण गर्न सकेमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने विचार राखे । शहीद सप्ताहको पहिलो दिन शनिबार झाँकीसहित देवघाटका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम, सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापाले स्वागत मन्त्वय राखेकी थिइन् भने देवघाट गाउँपालिका १ वडाअध्यक्ष भिमबहादुर गुरुङ, देवघाट गाउँपालिका ४ वडाअध्यक्ष पदमबहादुर गुरुङलगायतले शहीदहरुको सम्मानसहित मन्त्वय राखेका थिए । शहीद सप्ताहअन्र्तगत माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइने आयोजकले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका