जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • भारतमा १९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री

भारतमा १९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री

काठमाडौं, माघ ११ –

भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनको लागि मुख्यमन्त्री बन्दैछिन् ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ । उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता बढाउनु रहेको बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका