जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • चितवनमा ४८.३६ प्रतिशतले गराए स्वास्थ्य बीमा, इच्छाकामना गाउँपालिकामा न्यून

चितवनमा ४८.३६ प्रतिशतले गराए स्वास्थ्य बीमा, इच्छाकामना गाउँपालिकामा न्यून

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, माघ ११ –

चितवनमा हालसम्म २ लाख ८६ हजार ६३८ जनाले स्वास्थ्य बीमा गराएका छन् । चितवनको जनसंख्या ५ लाख ९२ हजार ६०१ रहेको छ । जसमा ४८.३६ प्रतिशतले बीमा गराएका हुन् ।

स्वास्थ्य बीमा वोर्ड चितवनले उपलब्ध गरएको तथ्यांकानुसार ७५ हजार ४६४ घर परिवारले बीमा गराएका छन् । जसमा निःशुल्क परिवार संख्या १७ हजार ४५२ रहेको स्वास्थ्य बीमा वोर्ड चितवनकी दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिइन् । ७० वर्ष माथिका वृद्धवृद्धाको १ लाखको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिन्छ । वृद्धवृद्धा भएका परिवारकै बीमा गर्दा छुट्टै पैसा तिरेर बीमा गर्नुपर्छ । यसरी वृद्धवृद्धा भएका एउटै परिवारमा पनि दुई वटा बीमा हुने गर्छन् । यस्तै अपाङ्ग, एचआइभी र कुष्ठरोगी भएका परिवारमा सबैको निःशुल्क बीमा गरिन्छ ।

चितवनमा बीमा गराएका परिवारमध्ये ७१ हजार ९७४ परिवारले नविकरण गराएका छन् । जसमा निःशुल्क बीमा गराइएका सबै परिवार अर्थात १७ हजार ४५२ कै नविकरण भएको छ । पैसा तिरेर बीमा गराएका ५८ हजार १२ परिवारमध्ये ९३.९८ प्रतिशत अर्थात ५४ हजार ५२२ परिवारले नविकरण गराएका छन् ।

इच्छाकामनामा स्वास्थय बीमा गर्ने न्यून

सबैभन्दा कम स्वास्थय बीमा गराउने स्थानीय तहमा इच्छाकामना गाउँपालिका रहेको छ । त्यहाँको ५.१२ प्रतिशत अर्थात १ हजार २८३ जना अर्थात ३१० परिवारले स्वास्थ्य बीमा गराएका छन् । त्यहाँको जनसंख्या कुल २५ हजार १६ रहेको छ ।

सबैभन्दा धेरै स्वास्थ्य बीमा गराउने स्थानीय तहमा रत्ननगर नगरपालिका रहेको छ । त्यहाँका ५७.१३ प्रतिशत अर्थात ४८ हजार ५३ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
यस्तै दास्रोमा भरतपुर महानगरपालिका रहेको छ । त्यहाँका ५५.२३ प्रतिशत अर्थात १ लाख ५५ हजार ३७१ जनाले स्वास्थय बीमा गराएका छन् । यस्तै खैरहनी नगरपालिकामा ५२.६७ प्रतिशत अर्थात २९ हजार ६८५ जना, माडी नगरपालिकामा ४१.८२ प्रतिशत अर्थात १६ हजार ६०१ जना, कालिका नगरपालिकामा ४०.५५ प्रतिशत अर्थात १७ हजार ८४१ जना र राप्ती नगरपालिकामा २८.६६ प्रतिशत अर्थात १७ हजार ८०४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

चितवनमा वि.सं. २०७४ असार १ गतेबाट स्वास्थय बीमा कार्यक्रम लागु भएको थियो । हाल यो बीमा कार्यक्रम सबै जिल्लामा लागु छैन । सबै जिल्लामा बीमा कार्यक्रमलाई लागु गराउने सरकारको योजना रहेको छ । ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार ३ हजार ५०० रुपैयाँ रकम तिरेर बीमा गराउन सक्छन् । यदि परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति थप सदस्यको ७०० रुपैयाँका दरले वार्षिक थप रकम तिर्नुपर्छ । प्रत्येक वर्ष नविकरण गरिरहनु पर्दछ । बीमा गराइसकेपछि परिवारले वार्षिक रुपमा १ लाखदेखि २ लाखसम्मको उपचार निःशुल्क पाउँछ ।

चितवनभर १२४ जना बीमा गराउन सहयोग गर्ने दर्ता सहयोगी अर्थात अभिकर्ता रहेका छन् । उनीहरुको प्रत्येक वडावडामा रहेका हुन्छन् । उनीहरुमार्फत बीमा गराउन सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका