होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • चितवनमा आक्रामकरुपमा संगठन विस्तार गर्दै नेकपा ओली समूह

चितवनमा आक्रामकरुपमा संगठन विस्तार गर्दै नेकपा ओली समूह

चितवन, माघ १०-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले चितवनमा आक्रामकरुपमा संगठन विस्तार अभियान सुरु गरेको छ । सबै स्थानीय तहका वडामा विस्तारित बैठक, भेला र प्रशिक्षण सञ्चालन गरिरहेको छ भने पेसागत संगठनहरुका बैठकहरु पनि सञ्चालन भइरहेका छन। आजबाट भरतपुरको रिजाल चोकमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएर पनि भेटघाट र छलफललाई तिब्रता दिइएको छ ।

भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको सम्पर्क कार्यालय स्थापना गरी काम थालिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय व्यवस्थापन संयोजक पार्वती रावलले नारायणी अनलाई जानकारी दिइन् । निर्वाचन आयोगले आधिकारिता नदिँदाका लागि अस्थायी रूपमा आफ्नो पार्टीले कार्यालय सञ्चालन गरेको र आयोगको निर्णय अनुसार स्थायी कार्यालय सञ्चालन गरिने केन्द्रीय सदस्य रावलले बताइन् ।

नेता रावलले हिजोदेखि सूर्य चिन्हमा भोट हालेका कार्यकर्ता एक ढिक्का रहेको दाबी गरिन् । उनले भनिन्, ‘ सम्पर्क कार्यालय स्थापना गरेसँगै नेता तथा कार्यकर्तासँग दैनिक सम्पर्कमा छौं । सबै स्थानीय तह वडा वडामा भेला र प्रशिक्षणका कार्यक्रम चलिरहेका छन् ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको झण्डै दुई तिहाईको सरकारलाई काम गर्न नदिएर पार्टी भित्रबाटनै असहयोग भए पछि निर्वाचनमा जानु बाध्यता भएको बताइन् ।

त्यसैगरी नेकपाका महानगर इन्चार्ज तथा ओली पक्षका नेता रामप्रसाद न्यौपानेले महानगरका सबै वडामा विस्तारित बैठक र भेलाहरु सञ्चालन भइरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले माघ १७ गते केपी ओली भरतपुरको सिटी हल र ६ लेनको सडकको शिलान्यास गर्न आउने भएकोले पनि सोही दिनमा जनसभा राख्ने गरी पार्टी लागिरहेको बताए । आज भरतपुरको वडा नम्बर ११ र २३ मा ओली समूहको विस्तारित भेला भइसकेको छ भने यसअघि उनीहरु पक्षको प्रेस संगठन चितवनको विस्तारित भेला पनि चितवनमा भइसकेको छ । अन्य पेसागत संघसंगठनका भेला तथा बैठकहरु पनि निरन्तर चलिरहेका छन् ।

नेकपाको पार्टी विवाद सँगसँगै भरतपुर मदननगर स्थित पार्टी कार्यालय (साबिक नेकपा एमालेको पार्टी कार्यालय) बन्द गरिएको छ । सो कार्यालय हाल प्रहरीले सुरक्षा दिइरहेको छ । त्यस्तै प्रचण्ड–माधव समूहले भने साबिक माओवादी केन्द्रको कृष्णपुर स्थित कार्यालयबाट पार्टीको काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका