होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • देशभर २३२ जना कोरोना संक्रमित थपिए, थप ८ को मृत्यु

देशभर २३२ जना कोरोना संक्रमित थपिए, थप ८ को मृत्यु

काठमाडौँ, माघ १०-

पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएले संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेको जनाएको हो । २४ घण्टामा तीन हजार ५४१ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या तीन हजार ४५२ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ३८६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९९४ छ । साथै काठमाडौं उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका