होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना इजलासमा पेश

राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना इजलासमा पेश

काठमाडौं, माघ ९ –

राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना इजलासमा पेश भएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको सूचना पेश भएको हो ।

बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका थिए। उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको थियो।

नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भनेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका