होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनको आर्शिवाद पाइपले पायो ‘आइएसओ ९००१ः२०१५’

चितवनको आर्शिवाद पाइपले पायो ‘आइएसओ ९००१ः२०१५’

चितवन, माघ ९–

नेपाल गुणस्तर चिन्ह प्राप्त चितवनको भरतपुरमा रहेको आर्शिवाद पाइप इण्डस्ट्रिज प्रा.लि.ले आइएसओ प्राप्त गरेको छ ।

यसै साता कम्पनीले आइएसओ ९००१ः२०१५ प्राप्त गरेको हो । एचडिपीइ पाइप उत्पादन गर्दै आइरहेको कम्पनीले माघ पहिलो साता आइएसओ चिन्ह प्राप्त गरेको कम्पनीका अध्यक्ष गोपाल गौतमले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१५ मा रहेको कम्पनी दुई वर्ष अघि स्थापना भएको हो । यस कम्पनीले २० एमएमदेखि २०० एमएमका ६ केजी प्रेसरदेखि १६ केजी प्रेसरसम्मका पाइप उत्पादन गर्दै आइरहेको कम्पनीका बोर्ड अफ डाइरेक्टर निरज श्रेष्ठले जानकारी दिए ।

कम्पनीले २ महिना भित्रमै ४५० एमएमसम्मका पाइप उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको कम्पनीका अर्का बोर्ड अफ डाइरेक्टर अशोक लामिछानेले जानकारी दिए ।

यस कम्पनीबाट उत्पादित पाइपहरु ग्रामीण भेगका आयोजनाहरुमा बढी प्रयोग हुँदै आइरहेको छ । खानेपानी विस्तार र सिँचाइका लागि आर्शिवादका पाइपहरु प्रयोग हुँदै आइरहेको छ ।

यस कम्पनीले साउदी अरेबियाको साबिक कम्पनीको कच्चा पदार्थ प्रयोग गरी पाइप उत्पादन गर्दै आइरहेको छ । पाइप उत्पादनमा कुनै पनि गुणस्तरमा कमी आउन नदिएकाले पछिल्लो समय आर्शिवाद पाइपको माग झनै बढ्दै गइरहेको कम्पनीका अध्यक्ष गोपाल गौतमले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका