



चितवन, माघ ८–
नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क)का सभापति टंकनाथ पौडेलले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १ ले सरकारविरुद्ध गरेको विरोध सभामा बोल्दै नेता पौडेलले सो कुरा बनाएका हुन् । ‘सरकार चरम भ्रष्टचारमा लिप्त भयो, देश बर्बाद पार्ने भए’–नेता पौडेलले भने । उनले नेकपामा एउटा भ्रष्टचारी नेता र अर्का हत्यारा नेता भएको टिप्पणी गर्दै त्यस्ताको पछि नलाग्न सम्पूर्णमा आग्रह गर्दै लोकतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्ने दावी गरे ।
यस्तै नेता पौडेलले कम्युनिष्टहरु खोक्रो राष्ट्रबाद देखाउँदै जनतालाई झुक्याउनमा मस्त रहेको आरोप लगाए । ‘कम्युनिष्टहरु खोक्रो राष्ट्रवाद देखाउँदै छन्, यी सबै चीन र विदेशीको इशारामा चलिरहेका छन्, पार्टीको विवाद मिलाउन चिनियाँ राजदुत सक्रिय हुनुपर्ने अवस्था छ’–नेता पौडेलले भने । उनले पछिल्लो समय पार्टी फुटको अवस्थामा पुगेपछि ओली र प्रचण्डको गालीगलौज सुन्न नसकिने भएको टिप्पणी गर्दै आफूहरु नतमस्तक भएको बताए ।आगामी निर्वाचन कांँग्रेसले जित्नुपर्ने भन्दै कांँग्रेस सोही अनुसार तयार हुनुपर्ने पौडेलले बताए ।
कार्यक्रममा नेता प्रकाश अधिकारीले ओलीको निरंकुश र तानशाहको विरुद्ध कांँग्रेस एकजुट हुनुपर्ने बताए । देशलाई बन्धक बनाएर ओलीको अधिनायकवादको विरुद्ध कांँग्रेसले सडक संर्घष गर्नुपर्ने बाध्यता भएको उनले बताए ।
कार्यक्रममा नेताहरु राजकुमार राजभण्डारी, जयराम श्रेष्ठ, नरेन्द्र केसी, महाधिवेशन प्रतिनिधि विपीन रामुदामु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस चितवनले विहीबार जिल्लाका ९८ वटै स्थानीय तहमा सरकारकोविरुद्धमा प्रदर्शन गरेको छ ।