होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनको सात स्थानीय तहको ९८ वडामा कांग्रेसको प्रदर्शन

चितवनको सात स्थानीय तहको ९८ वडामा कांग्रेसको प्रदर्शन

चितवन, माघ ८-

सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज चितवनका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस चितवनले जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा विरोध प्रदर्शन गरेको हो ।

विरोध सभा हुनु अघि वडा वडामा विरोध प्रदर्शनसमेत गरिएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । विरोध प्रदर्शनसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आ–आफ्नो सामाजिक सञ्जालमा विरोध प्रदर्शन, सभा र वक्ताको तस्बिर, भिडियो अपलोड गरेपछि कांग्रेस सामाजिक सञ्जालमा रंगिएको छ ।

श्रेष्ठका अनुसार ९८ वडामा कम्तीमा एक जना महिलासहित सात जना सम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । जसलाई हेर्दा ५०० बढीले सरकारको कदमको विरोधमा सम्बोधन गरे । उनले भने, ‘हालसम्मकै धेरै जिल्ला तहका नेताले एकै दिन सम्बोधन गरेको यो पहिलो कार्यक्रम हो ।’ एउटा कार्यक्रममा ३०० सय देखि ७०० सम्म सहभागी भएको भन्दै उनले ५० हजार बढी नेता कार्यकर्ता विरोधमा उत्रिएको जानकारी दिए । नेपाली कांग्रेस चितवनले विरोध कार्यक्रम व्यवस्थित बनाउन सबै वडामा प्रतिनिधि तोकेको थियो । कतिपय वडाका प्रतिनिधि आफै कार्यक्रमका प्रमुख अतिथि थिए भने कतिपयमा जिल्ला तहका नेताहरु रहेका थिए ।

सरकारले गरेको असंवैधानिक कदमका विरुद्धमा कांग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । कांग्रेसले जिल्ला, प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडा तहको प्रदर्शनका कार्यक्रम गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका