होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • भाग खान नपाउँदा प्रचण्ड–माधव ओलीको विरुद्धमा लागे: कांग्रेस नेता पौडेल

भाग खान नपाउँदा प्रचण्ड–माधव ओलीको विरुद्धमा लागे: कांग्रेस नेता पौडेल

चितवन, माघ ८-

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगन्नाथ पौडेलले भाग खान नपाउँदा प्रचण्ड–माधव पक्ष ओलीको विरुद्धमा लागेको बताएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध आज कांग्रेसले देशका सबै ६ हजार ७४३ वडामा विरोध सभा गर्ने निर्णय गरेको थियो । सोही निर्णयाअनुसार भरतपुर ७ मा पनि विरोध सभा गरिएको हो ।

विरोध सभामा पौडेलले नेपाली कांग्रेसले संविधानको रक्षाका निम्ति ओलीको विरोध गरेको बताए । तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले भाग खान नपाउँदा ओलीको विरोध गरिरहेको उनको आरोप छ । कम्युनिस्टले नेपालमा कहिल्यै विकास गर्न नसक्ने बताउँदै उनले कांग्रेसले नै यो देशको मुहार फेर्न सक्ने दाबी गरे ।

प्रतिनिधि सभामा कांग्रेसका सांसद धेरै नभएको स्मरण गर्दै उनले प्रतिनिधि सभा पुनस्थापना भएमा कम्युनिस्टलाई फाइदा हुने बताए । ‘निर्वाचनमा जाने कुराले कांग्रेसलाई फाइदा नै हुन्छ । तर, नेपाली कांग्रेसले आफ्नो फाइदा हेर्दैन’, उनले भने ‘हामी संविधानको रक्षा र देशको विकासका निम्ति प्रतिपक्षमै रहन वा तल नै बस्न तयार छौं ।’

कार्यक्रममा प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, जिल्ला प्रतिनिधि डा ईश्वरीप्रसाद लौडारी, नेविसंघका जिल्ला उपाध्यक्ष अनमोल अधिकारीलगायतले बोलेका थिए । संसद विघटनको कांग्रेसले विरोध गरिरहने र सर्वोच्च अदालतले चुनाव गर्न भनेमा आफूहरु चुनावको तयारीमा पनि लाग्ने उनीहरुको भनाइको आशय थियो । कार्यक्रम काशीनाथ अधिकारीको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका