होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
बिहिबार, फाल्गुन २०, २०७७
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • भेट्रान्स कपः बुधबार चार खेल सम्पन्न

भेट्रान्स कपः बुधबार चार खेल सम्पन्न

वाग्मती, माघ ७–

वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडमा जारी भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज विभिन्न चार खेल भएका छन् ।

नकआउट चरणको पहिलो खेलमा बगरभाइ खलक पोखरा विजयी भएको छ । हाम्रो वीरगञ्ज भेट्रान्ससँग भएको खेलमा बगरभाइ खलक पोखरा विजयी भएको हो । खेलको निर्धारित समयसम्म दुवै समूहबाट १–१ गोलको बराबरी भएको थियो । खेलमा हाम्रो वीरगञ्ज भेट्रान्सको मनोज चौधरी र बगरभाइ खलक पोखराको मनोज गुरुङले एक/एक गोल गरेका थिए । ट्राइब्रकेरमा भएको खेलमा बगरभाई खलक पोखरा ३–२ गोलअन्तरले बिजयी भएको हो ।

यसैगरी आजको दोस्रो खेलमा हेटौँडा भेट्रान्स सुपर विजयी भएको छ । खेलको निर्धारित समयसम्म दुवै समूहबाट एक गोल पनि हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा सिमरा भेट्रान्सलाई ४–३ गोलअन्तरले हराउँदै हेटौँडा भेट्रान्स सुपर विजयी भएको हो ।

आजैबाट क्वाटर फाइनलका खेल पनि शुरु गरिएको हो । आज भएको पहिलो क्वाटरफाइन खेलमा चाबहिल भेट्रान्स विजयी भएको छ । बौद्ध भेट्रान्स र चाबहिल भेट्रान्सबीच भएको खेलमा चाबहिलले १–० गोलअन्तरमा जित आफ्नो पोल्टामा पारेको हो । चाबहिललाई जित दिलाउन सरोज थापाले गरेको एक गोल नै निर्णायक बन्यो ।

त्यस्तै, क्वाटर फाइनलको दोस्रो खेलमा सानो गौचरण काठमाडौँ विजयी भएको छ । भनिमण्डल भेट्रान्सलाई १–० गोलअन्तरले हराउँदै सानो गौचरण विजयी भएको हो । सानो गौचरणको लागि नरेश श्रेष्ठले गरेको एक गोल नै विजयी गोल बनेको हो । नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको आगामी माघ १० गते फाइनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाणपत्र, शिल्ड र नगद प्राप्त गर्नेछ । प्रतियोगिताका विजेताले रु एक लाख एक हजार १११ र उपविजेताले रु ५१ हजार १११ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका