होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • देवघाटमा ३८ विद्यार्थीलाई सुइटर वितरण

देवघाटमा ३८ विद्यार्थीलाई सुइटर वितरण

देवघाट, माघ ७-

तनहुँको देवघाट गाउँपालिका–१ भित्र रहेका दुई बाल विकास केन्द्रका ३८ जना विद्यार्थीलाई स्विटरसहित शैक्षिक सामग्री सहयोग गरिएको छ ।
गोपीटर बाल विकास केन्द्रका ९ जना र चेतना बाल विकास केन्द्र बसेनीटारका २९ जना सहित ३८ जना आर्थिक अवस्था कमजोर विद्यार्थीलाई देवघाट गाउँपालिका शिक्षा शाखाको आयोजनामा सुइटर र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रमका देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बालबालिकाहरु शिक्षाको ज्योतिबाट बञ्चित हुन नदिनको लागि बाल विकास केन्द्रहरु सञ्चालनमा ल्याएको र बिस्तारै बाल विकास केन्द्रहरुलाई विद्यार्थीको संख्या हेरी आधारभूत विद्यालय बनाउने उनले बताए । साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको विकास र शैक्षिक क्षेत्रको गुणस्तरको लागि आफू निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बाल विकास केन्द्रसँगै देवघाट गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको अनुगमन भइरहेको र शैक्षिक सुधार क्रमिक रुपमा अगाडि बढेको बताए । त्यस्तै कार्यक्रममा सरसफाइसम्बन्धी जानकारी भने देवघाट सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारतीले दिएका थिए ।  कार्यक्रममा देवघाट गाउँ कार्यपालिका सदस्य चन्द्र प्रकाश विक, देवघाट १ नम्बर वडा सदस्य सुन्दर भुजेललगायतको उपस्थिति रहेको थियो । देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका