



चितवन, माघ ७–
बीसहजार जेसीजको १८ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार भरतपुरमा एक कार्यक्रमकाबीच वर्ष २०२० को समितिले वर्ष २०२१ को नयाँ समितिलाई पद हस्तान्तरण गरेको हो । जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्ष २०२० का अध्यक्ष रेशमराज पौडेलले वर्ष २०२१ का अध्यक्ष सुभौउ पण्डितलाई पद हस्तान्तरण गरे ।
सो क्रममा बोल्दै वर्ष २०२० का अध्यक्ष पौडेलले कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । सो क्रममा अध्यक्ष पौडेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तै कार्यक्रममा वरिष्ठ समाजसेवी एवंम मैयाँदेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्ष २०२० का कार्यकारी उपाध्यक्ष जेसी राजेश भुषालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।