जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • वागमती ट्राफिक: दुई लाख ८८ हजार घुस अस्विकार गर्दा १३ लाख ३६ हजार जरिवाना

वागमती ट्राफिक: दुई लाख ८८ हजार घुस अस्विकार गर्दा १३ लाख ३६ हजार जरिवाना

– हिरालाल आचार्य  ‘डायमण्ड’

चितवन, माघ ७ –
वागमती प्रदेश उपत्यका बाहिरका दश जिल्लामा ट्राफिकलाई दिइने आर्थिक प्रलोभन अस्विकार गरेर १३ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बुधबार पत्रकारहरुलाई सो जानकारी दिएका हुन् । उनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा एक हजार २५७ जना सवारी चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । तर, उक्त प्रलोभनलाई अस्विकार गरी ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कोइरालाका अनुसार एक हजार २५७ जनाले दिन खोजेको रकमलाई जोड्दा दुई लाख ८८ हजार ७५० रुपैयाँ हुन्छ । उक्त रकमलाई अस्विकार गरी ट्राफिक प्रहरीले घुस दिन खोज्नेलाई लगाएको जरिवाना बापत १३ लाख ३६ हजार राजस्व संकलन गरेको हो । आन्तरिक शुद्विकरण अभियान चलाएर ट्राफिक प्रहरीलाई प्रलोभनमा नपर्न निर्देशन गरिएको प्रमुख कोइरालाले जानकारी दिए । यदि आर्थिक प्रलोभनमा परी घुस लिएमा ट्राफिक प्रहरीलाई कारबाही गर्ने गरिएको उनले बताए । आफ्नो गल्ती छुपाउन वा गल्तीबाट छुटकरा पाइन्छ की भन्ने आशाले चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न वा घुस दिन खोज्छन् ।

कुल १० करोड राजस्व संकलन

चालु आवको ६ महिनाको अवधिमा कार्यालय मातहतका १० जिल्लाबाट कुल १० करोड १२ लाख ९४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी उपरीक्षक कोइरालाले जनाए । ट्राफिक नियम उल्लंघन गर्ने एक लाख ११ हजार ४१२ वटा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो रकम संकलन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका