होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
बिहिबार, फाल्गुन २०, २०७७
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान

एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान

दमौली , माघ ७-

तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा : एक पोखरी र एक वडा :  एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।

चालु आर्थिक वर्षभित्रै छवटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । “वातावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित यो अभियान शुरु गर्न लागेका हाँै, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ”, पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमबार सम्पन्न आठाँै गाउँसभाले यसको निर्णय गरिसकेको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौँ”, पोखरेलले भन्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका