होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • म दाबी गर्दिनँ,देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्छुः प्रचण्ड

म दाबी गर्दिनँ,देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्छुः प्रचण्ड

काठमाडौं,माघ ७-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

एक प्रतिक्रिया on “म दाबी गर्दिनँ,देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्छुः प्रचण्ड

  1. अफ्नै दललाई त सखाप पार्नेले काङ्गेसलाई बाकी राख्ला त शेरबाहादुरकाे सिफारीसमा जाेे आएपनि प्र म दिन्छु भन्नुकाे मतलब रामचन्द्र लाई आफ्नाे तिर तान्न खाेजेकाे र काङ्गेर फुटाउन खाजेकाे पक्का हुन्छ ।प्रम भनेकाे प्रचन्दकाे प्वावा हाेर जस्लाई मनलाग्याे दिनलाई ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका