होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • प्रेस संगठन चितवनको भेला, प्रेस चौतारी चितवनको खाता रोक्का गरिने

प्रेस संगठन चितवनको भेला, प्रेस चौतारी चितवनको खाता रोक्का गरिने

चितवन,माघ ७-

प्रेस संगठन नेपाल चितवनको मंगलवार भरतपुरमा सम्पन्न जिल्ला स्तरीय भेलाले माघ ८ गतेको संगठनको राष्ट्रिय भेलामा सकृय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ । प्रेस संगठन नेपाल चितवनका अधिकासं सदस्यहरु मुल नेतृत्वमै रहेको निश्कर्ष निकाल्दै भेलामा आसन्न पत्रकार महासंघको निर्वाचन र संगठनको भावी रणनितीबारे समेत छलफल गरेको छ ।

प्रेस संठगन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाको अध्यक्षतामा भएको भेलामा चितवनका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । मुलुकको पछिल्लो राजनैतिक अवस्था र संगठनले आगामि दिनमा चाल्नुपर्ने थप कदमका बारेमा समेत भेला सहभागीहरुले सुझाव प्रस्तुत गरेका थिए ।

भेलामा संगठनका केन्द्रीय सदस्य शिशिर सिंगडा, अन्नतप्रकाश सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, पत्रकार महासंघ चितवनका निर्वतमान अध्यक्ष हरिप्रसाद पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल , प्रेस संगठन प्रदेश कमिटि सदस्य तिलकराम रिमाल, कोमलचन्द्र भगत, रामकान्त पौडेल, प्रतिमा सिलवाल, शंकर अधिकारी लगायतले बोल्नु भएको थियो । त्यसैगरी भेलामा आदिवासी जनजाति पत्रकार महासंघका निर्वतमान अधयक्ष सन्तकुमार चौधरी, डव्लु डव्लु जे चितवनका निर्वतमान अध्यक्ष शान्ता अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।

त्यसैगरी भेलामा अग्रज पत्रकारहरु मनोज विष्ट, शुरेस अधिकारी, अर्जुनप्रसाद शर्मा, मनोज घिमिरे, रोहिणी त्रिपाठी, विश्वास पौडेल, मनोज पन्त, टिकादत्त तिमिल्सिना, कृष्ण खनाल, मधुसुदन दवाडी लगायतले बोल्नु भएको थियो । भेलाको सहजिकरण प्रेस संगठनका सदस्य सुवास पण्डीतले गर्नुभएको थियो भने सहभागीहरुलाई प्रेस संगठनका सदस्य गोविन्द घिमिरेले स्वागत गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल चितवन शाखाको बैंक खाता रोक्का भएको छ । प्रेस चौतारी चितवनको नाममा रहेको बैंक खाता रोक्का भएको हो । ग्लोवल आईएमई बैंक नारायणगढमा रहेको चौतारीको खाता रोक्का गरिएको प्रेस चौतारी चितवनका तत्कालिन सचिव गोविन्द घिमिरेले जानकारी दिए । केन्द्रदेखि जिल्ला तहमा संगठनको आन्तरिक समस्या देखिएको भन्दै उनले रकमको हिनामिना हुन नदिनका लागि तत्कालका लागि बैकं खाता रोक्काका लागि बैकंलाई पत्राचार गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका