होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • कोकाकोलाले ल्यायो ‘कोक र खाना’ अभियान

कोकाकोलाले ल्यायो ‘कोक र खाना’ अभियान

काठमाडौं, माघ ६–

कोका–कोलाले ‘कोक र खाना’ अभियान सञ्चालनमा ल्याएको छ ।

खाना जे होला स्वाद बढाउन कोका–कोला भन्ने नारासहित यसले कोकसँग खादा साधारण खाना पनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई अभियानले प्रथमिकता दिएको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ । हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ । कोक र खाना एक उत्कृष्ट जोडी हो र हामी हाम्रा उपभोक्तालाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नो पनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं ।’

कोक र खाना पहिलेको कोक र ममः अभियानको एक विस्तार हो र यसले खानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ । यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू साम्रागी आरएल शाह, अलिशा राई, गायिका केन्जल श्रेष्ठ, जे अथर र आइजन छन् । सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइम जीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएकोे कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने, ‘कोक र खाना अभियान विश्वव्यापी रूपमा सफल भएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तम साझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं । यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी खाना जे होला, स्वाद बढाउन कोका–कोला भन्ने सन्देश प्रवाह गर्न पाउँदा खुसी छौं । यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्छ ।’ कोकाकोला कम्पनी नेपालले यस अभियान भरी आफ्ना उपभोक्ताका लागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका