होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • कांग्रेस चितवनले सरकारविरुद्ध प्रदर्शनका लागि वडा प्रतिनिधि तोक्यो

कांग्रेस चितवनले सरकारविरुद्ध प्रदर्शनका लागि वडा प्रतिनिधि तोक्यो

चितवन, माघ ६

नेपाली कांग्रेस चितवनले केपी ओली नेतृत्वको सरकारविरुद्धको प्रदर्शनका लागि सबै वडामा प्रतिनिधि तोकेको छ ।

माघ ८ गते हुने वडास्तरीय प्रदर्शनका लागि कांग्रेस चितवनले ९८ वटै वडामा प्रतिनिधि तोकेको हो । मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले चितवनमा ९८ वडाका लागि ९८ जना प्रतिनिधि तोकेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । बैठकले सबै वडालाई संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध हुने प्रदर्शनको तयारीमा जुट्न अपिलसमेत गरेको छ ।

सबै वडाले आआफ्नै समयमा प्रदर्शन गर्ने कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । प्रदर्शनका लागि पार्टीका सबै तहलाई जानकारी गराइएको र तयारीमा जुट्न भातृ संस्था, शुभेच्छुक संस्थालाई निर्देशन दिइएको उनले बताए । संसद विघटनविरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका