होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • सन्दीप बिग बासमा लगातार विकेटविहीन

सन्दीप बिग बासमा लगातार विकेटविहीन

काठमाडौँ, माघ ५–

नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहनुभएको छ । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहनुभएका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुक्नुभयो । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उहाँले सो ओभरमा छ रन खर्चिनुभयो ।

आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिनुभयो । तेस्रो ओभरमा उहाँले पाँच रन मात्र खर्चिनुभयो भने चौथो ओभरमा लामिछानेले आठ रन दिनुभयो । होबार्टका लागि उहाँले चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो ।

यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहनुभएको थियो । उक्त खेलमा उहाँले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिनुभएको थियो । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिनुभएको छ । लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ । योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका