होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • भरतपुरमा ८७ करोडको लागतमा बन्ने सिटी हल निर्माणको काम धमाधम (फोटो फिचर)

भरतपुरमा  ८७ करोडको लागतमा बन्ने सिटी हल निर्माणको काम धमाधम  (फोटो फिचर)

चितवन, माघ ५-

भरतपुर महानगरको गौरवको योजनाको रुपमा रहेकोे सिटी हल निर्माणको काम धमाधम सुरु भएको छ ।

भरतपुरको महानगरको स्वामित्वमा रहेको जिल्ला समन्वय समिति पछाडिको बाइपास सडकसम्मको चार बिघा क्षेत्रफलको जग्गामा काम सुरु भएको हो ।

सघन सहरी तथा भवन आयोजनाको मातहतमा केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो । इन्डो– सगुन– रौताहा ठेकेदार कम्पनीबीच २०७७ मंसिर १८ गते ठेक्का सम्झौता भई काम अगाडि बढेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । ठेकेदार कम्पनीका पोजेक्ट इञ्जिनियर प्रविण गुरागाँईले सिटी हलको काम रफ्तारमा अगाडि बढेको बताए ।

‘इक्जाबेसन गरेर सोलिङको काम अगाडि बढिरहेको छ । अहिले डण्डी साइजिङ, ब्यान्डिङको काम भइरहेको छ् । सामानहरु धमाधम ल्याउने प्रक्रिया पनि सुरु भइसकेको छ ’ इन्जिनियर गुरागाँइले भने । झण्डै ४० देखि ५० श्रमिकले बिहान ७ देखि बेलुका ६ बजेसम्म काम गरिराखेको उनले बताए ।  यस्तै छिटै दुई सिफ्टमा काम लगाइने उनले जनाए । २७ महिनामा हल निर्माणको सक्ने लक्ष्य भए पनि छिट्टै निर्माण सम्पन्न गर्नेे सिटीहलका पोजेक्ट इन्जिनियर गुरागाँइले प्रतिबद्धता जनाए ।

उनका अनुसार सात हजार १०० क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ जुन २००० जना अटाउने क्षमताको रहनेछ भने छेउछाउँमा पनि २०० जना क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका