जोडिनुहोस
  • होमपेज
  • नेपालमा थप २६६ जना कोरोना संक्रमित, पाँचको मृत्यु

नेपालमा थप २६६ जना कोरोना संक्रमित, पाँचको मृत्यु

काठमाडौं, माघ ४-

पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । जसमध्ये दुई लाख ६१ हजार ४४४ जनाले कोरोना जितेका छन् । आइतबार थप ४०० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म २० लाख १२ हजार ४५२ जनाको आरटी पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ५९ पुगेको छ ।

आइतबार थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या तीन हजार ९१९ छ । यस्तै २२१ जना क्वारेन्टिनमा छन् भने तीन हजार ९१९ जना आइसोलेसनमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका