जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी, स्थानीय तहसँग कर्मचारी माग

निर्वाचन कार्यालय चितवनले थाल्यो निर्वाचनको तयारी, स्थानीय तहसँग कर्मचारी माग

चितवन,माघ २-

सरकारले निर्वाचन घोषणा गरेसँगै निर्वाचन कार्यालय चितवनले स्थानीय तहसँग निर्वाचनका लागि कर्मचारी माग गरेको छ । निर्वाचन कार्यालयका प्रमुख जनाधन अधिकारीका अनुसार सातै स्थानीय तहसँग खरिदार वा नायवसुव्वा सरहको एक–एक जना कर्मचारी माग गरिएको छ । स्थानीय तहले कर्मचारीको नाम पठाएसँगै उनीहरुलाई सहायक नामदर्ता अधिकारीको जिम्मेवारी दिई कार्यक्षेत्रमा खटाइने उहाँले जानकारी दिनुभयो । उनीहरुले हरेक निर्वाचन केन्द्रमा गई मतदाता नामावलीमा भएको नाममा दावि विरोध गर्ने छ । मृत्यु भएका, दोहोरीएका जस्तो समस्या आएमा उनीहरुले नै सिफारीस गरी निर्वाचन कार्यालयमा पठाउने छन् । मतदाता नामावली अध्यावधिक गर्ने कामसमेत उनीहरुबाटै हुने छ ।

जिल्ला मतदान तथा मतदान केन्द्र सिफारिस समितिको वैठकले सबै राजनैतिक दललाई निर्वाचनको तयारीका लागि आग्रहसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा जिल्लाका कृयाशिल राजनैतिक दल र दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुखको सहभागीतामा वैठकसमेत बसिसकेको छ ।

निर्वाचन आयोगले मतदान केन्द्र तथा स्थलको पुनरावलोकन गर्नका लागि निर्देशन गरेसँगै अहिले मतदान केन्द्र तथा स्थलको निरीक्षण र पुनरावलोकन गर्ने काम सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा जिल्लामा रहेका १६१ स्थल र ४०८ केन्द्रको पुनरावलोकनको काम भइरहेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन स्थल १६१ वटै रहने र केन्द्र भने थप हुने छ ।

अघिल्लो निर्वाचनमा जिल्लामा मतदाता संख्या तीन लाख ५४ हजार ३५ रहेको थियो भने अहिले मतदाता वढ्ने देखिएकाले केन्द्र थप गरिने उहाँले जानकारी दिनुभयो । सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुटेको हो । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलनको काम रोकेर निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका