जोडिनुहोस
  • होमपेज
  • चितवनमा भूकम्पबाट भत्किएका संरचनामा खोज तथा उद्दार सम्बन्धी डेमो (फोटोफिचर)

चितवनमा भूकम्पबाट भत्किएका संरचनामा खोज तथा उद्दार सम्बन्धी डेमो (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ २ –

चितवनमा भूकम्पबाट भत्किएका संरचनामा खोज तथा उद्दार सम्बन्धी डेमो तथा उक्त कार्यका लागि चाहिने समानको प्रदर्शन कार्यक्रम गरिएको छ ।

२३ औं भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार श्री नं. २ विपद् व्यवस्थान गण, रसौलीले रेडक्रससँगकोे समन्वयनमा भरतपुरको गेष्ट हाउस चौरमा उक्त कार्यक्रम गरेको हो । भूकम्प गइहालेमा कसरी उद्दारमा खट्ने भन्नेबारेमा पूर्व तयारीका लागि उक्त कार्यक्रम गरिएको हो ।

गणका प्रमुख सेनानी राजेन्द्र पराजुलीसहिततको २० जनाको सैनिक टोलीले उद्दार सम्बन्धी डेमो गरेको थियो । डेमो कार्यक्रममा सैनिक जवान प्रमोद श्रेष्ठले उद्दारका लागि चाहिने समानहरुको बारेमा उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वयन समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिध, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

जनमानसमा भूकम्पीय सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्न हरेक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाउने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका