जोडिनुहोस
  • होमपेज
  • देशभर ४०३ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको ज्यान गयो

देशभर ४०३ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको ज्यान गयो

काठमाडौं, माघ १-

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२\३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । तीमध्ये दुई लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन् भने १९४३ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ४०५ रहेको छ भने कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका