जोडिनुहोस
  • होमपेज
  • पार्टी नेता पक्राउको विरोधमा विप्लव समूहद्धारा नेपाल बन्दको आब्हान

पार्टी नेता पक्राउको विरोधमा विप्लव समूहद्धारा नेपाल बन्दको आब्हान

काठमाडौं,माघ १-

पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका