जोडिनुहोस
  • होमपेज
  • नेपाल पशु चिकित्सा परिषद्को उपाध्यक्षमा चितवनका श्रेष्ठको उम्मेदवारी

नेपाल पशु चिकित्सा परिषद्को उपाध्यक्षमा चितवनका श्रेष्ठको उम्मेदवारी

चितवन, माघ १-

नेपाल पशु चिकित्सा परिषद्को केन्द्रीय उपाध्यक्षमा चितवनका डा एगेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

यही माघ ३ गते हुने अधिवेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गरे सँगै आफ्ना महत्वपूर्ण घोषणापत्रसमेत सार्वजनिक गरेका हुन् । लामो समयदेखि कृषि क्षेत्रमा अध्ययन अध्यापन गरेका श्रेष्ठ विगत १० वर्षदेखि नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा आबद्ध रहँदै आएका छन् । आँफ्नो नेतृत्वमा अहिले पशु अस्पताल निर्माणको काम भइरहेको भन्दै उनले काउन्सिलले तोकेको मापदण्ड पूरा गरी काम गर्ने तयारीमा रहेको उनले बताए । उनले भने, ‘आजभन्दा १० वर्षअघि यो इन्स्टिच्युट सुरु गर्दा सामान्य ढंगले सुरु गरिएको थियो । करिब चार वर्षअघि काउन्सिलले यस्तो इन्स्टिच्युट सञ्चालन गर्न नयाँ मापदण्डको व्यवस्था गरेको छ । यो मापदण्ड पूरा नगरी त कलेज नै सञ्चालन गर्न पाइँदैन । त्यसो हुँदा काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी हामी यो संस्था चलाउने पक्षमा छैनौं । चलाउने कोसिस गरियो भने पनि चल्दैन ।’

मापदण्ड पूरा नभए काउन्सिलले भर्ना नै रोकिदिने भएकाले हरेक ५/७ वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नयाँ प्रविधिसँग मापदण्ड परिमार्जन हुँदै जाने उनको भनाइ छ । त्यही मापदण्डअनुसार नै हामीले हाम्रा शिक्षण अस्पताल, प्रयोगशालालगायत हरेक पूर्वाधार परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । निजीस्तरमा चलेका कलेजले त झनै मापदण्ड अनुसार पूर्वाधार अब्बल बनाउन सके विद्यार्थीको संख्या पनि बढ्ने उनको तर्क छ । त्यसो हुँदा हामीलाई मापदण्ड पूरा गर्न नपाए हुन्थ्यो भन्ने लागेको छैन । अझ अब यस इन्स्टिच्युटलाई मापदण्डले सम्पन्न बनाउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए ।

नेपालमनै पहिलो पटक पशु अस्पताल निर्माणको काम भइरहेको र रामपुर कृषि तथा वन विश्वविद्यालयबाट पनि काउन्सिलको नेतृत्व हुँदै आएको भए पनि अबको नेतृत्व इन्स्टिच्युट चलाउनेले पनि पाउनु पर्छ भन्ने हो । यति धेरै वर्ष यो क्षेत्रमा योगदान गरेकोले यो क्षेत्रबारे भएका समस्या, समाधानका उपायहरुबारे ज्ञान रहेको उनको भनाइ छ । आफूसँग भएको क्षमता र अनुभवलाई काउन्सिलमै गएर प्रयोगमा ल्याउन सके नेपालको पशु चिकित्सा क्षेत्रलाई अझ सुधार गर्न सकिने उनको धारणा छ । मानिसको भन्दा अझ जटिल उपचार पशुस्वास्थ्यमा हुने भन्दै उनले ‘मानिसका डाक्टरले भन्दा धेरै प्रजातिका पशु पन्छीको उपचार यो क्षेत्रका डाक्टरले गर्नुपर्ने अवस्था छ । त्यसो हुँदा यस क्षेत्रको सुधार आवश्यकता छ । अहिले नेपालमा एउटा पनि भेटेरिनरी अस्पताल छैन । जिल्ला पशु अस्पतालमा एउटा एक्सरे मेसिन छैन । ल्याब छैन ।’ यी सबै विषयमा सुधार ल्याउनु पर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका