जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • काठमाडौँको भद्रकालीमा तीब्र गतिको बस सडकमै पल्टियो

काठमाडौँको भद्रकालीमा तीब्र गतिको बस सडकमै पल्टियो

काठमाडौं,माघ १-

काठमाडौँको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ । तीब्र गतिको बसमा एक्कासी ब्रैक लगाउँदा बस पल्टिएको हो । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गम्भीर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका