



काठमाडौँ पुस २९ –
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताएका छन् ।
राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतले भनेर संसद् विघटन गरेको जनताले देखिसकेका छन् यसलाई के भन्नुहुन्छ भन्दै ओलीलाई प्रश्न गरे ।
‘भारतले हटाउन खोज्यो भनेर उहाँले प्रचार गर्नुभयो । हामीले भारतले भनेर हटाउने कुरा हुन्छ भन्यौँ । तर पार्टी विभाजन र संसद् विघटन त भारतले भनेर गरेको देखियो नि यसलाई के भन्नुहुन्छ रु’ प्रचण्डको प्रश्न थियो ।
ओलीले विदेशीको इसारामा नेपालको अस्मितामाथि प्रहार गरेको प्रचण्डको आरोप छ । ‘उहाँले लोकतन्त्र र संविधानमाथि विदेशीको इसारामा फेरी एकपटक राष्ट्रको अस्मितामाथि प्रहार गर्ने जमर्को गर्नुभयो, उहाँले बाजी हार्नुभयो,’ उनले भने ।