जोडिनुहोस
  • होमपेज
  • कोरोना खोपका लागि सरकारले माग्यो सहयोग

कोरोना खोपका लागि सरकारले माग्यो सहयोग

काठमाडौं, पुस २९ –

कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले सहयोग मागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना सार्वजनिक गरेर सहयोग आह्वान गरेको हो ।

दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ । खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय र परोपकारी संस्थाहरुलाई गुहारेको हो ।

रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरिएको छ । कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका