



चितवन पुस २८-
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले आफ्नो स्थापना दिवसको अवसरमा चितवन प्रहरीको हिरासत कक्षका लागि पुस्तक हस्तान्तरण गरेको छ ।
महासंघले आज (मंगलबार) आफ्नो १६ औं स्थपना दिवस को अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनमा एक कार्यक्रम गर्दै पुस्तक सहयोग गरेको हो ।
संस्थाले ४१३ वटा विभिन्न विधाका पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष उधोग विक्रम बानियाँले आफ्नो व्यवसायसँगै सामाजिक दायित्व बहन गर्दै पढ्ने सस्कृतिको विकास गर्न पुस्तक सहयोग गरेको बताए ।
यस्तै महासंघका वाग्मती प्रदेश प्रमुख किरण कुमार खनालले हिरासतमा भएका व्याक्तिलाई किताबमार्फत सही बाटोमा हिड्न अभिप्रेरित गर्नका लागि किताब सहयोग गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख नारायणप्रसाद भट्टराईले हिरासतमा अनुसन्धानको दायरामा रहेका व्याक्तिले किताबबाट फाइदा लिन सक्ने बताए । किताबको पुर्ण सदुपयोग हुने विश्वास पनि प्रमुख भट्टराईले गरे ।
यस्तै जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख नान्तीराज गुरुङ्ले हिरासतमा रहेका व्याक्तिको लागि पढ्ने व्यवस्था गर्ने बताए । प्रहरी प्रमुख गुरुङ्ले पछिल्लो समयमा अपराधका घटना बढ्दै जादा कानुनले मात्र नभएर प्रहरीसँग समुदाय साझेदारी गरि सकारात्मक सोचको विकास गर्न सकेमा अपराधका घटना कम गराउन सकिने बताए।
जिल्ला प्रहरी कार्यलय चितवनमा ८० जना थुनुवा अटाउने हिरासत कक्ष रहेको छ भने हाल ५२ जना विभिन्न मुद्दा खेपिरहेका आरोपित हिरासतमा रहेका छन ।