जोडिनुहोस
  • होमपेज
  • धौलागिरी–चितवन विश्वकर्मा सम्पर्क मञ्चमा पुनः भीमप्रसादको नेतृत्व

धौलागिरी–चितवन विश्वकर्मा सम्पर्क मञ्चमा पुनः भीमप्रसादको नेतृत्व

चितवन, पुस २८-

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा पुनः भीमप्रसाद विक निर्विरोध निर्वाचित भएका छन् ।

मञ्चको प्रथम साधारण सभा तथा अधिवेशनबाट आगामी दुई वर्ष कार्यकालको लागि सोमबार विक नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा लालबहादुर विश्वकर्मा, उत्सव खाती विश्वकर्मा, महासचिवमा अमिर रामदाम, कोषाध्यक्षमा तुलबहादुर विश्वकर्मा, सचिवमा राजु विश्वकर्मा, सहकोषाध्यक्षमा जुना सुनार, सदस्यहरूमा गंगा रामदाम सुनार, डुविन्द्रध्वज विश्वकर्मा, लक्ष्मण विश्वकर्मा, जीवन विश्वकर्मा, गोविन विश्वकर्मा, राजकुमार विक, डम्बरध्वज विश्वकर्मा, कुशल विश्वकर्मा, शान्ता थापा, कृष्ण बहादुर विश्वकर्मा रहेका छन् ।
चितवनमा भगत सर्वजित विश्वकर्मा स्मृति पुस्तकालय (अध्ययन केन्द्र) स्थापना गर्ने र आफ्नो मूल थलो धौलागिरी अञ्चलको विकासका लागि सक्दो पहल गर्न मञ्चले समन्वयकारी भूमिका निर्वाह गर्ने अध्यक्ष भीमप्रसाद विकले प्रतिबद्धता जनाए ।
नेपालको दलित आन्दोलनको शिखर पुरूष समाज सुधारक भगत सर्वजित विश्वकर्माले देखेका सपना मर्न नदिन र इतिहास मेट्न नदिन यस मञ्च लागी पर्ने मञ्चका महासचिव अमिर रामदामले बताएका छन् । ‘मञ्चले आफ्नो समुदायको उन्नति तथा प्रगतिका लागि हरसम्भव काम गर्न अग्रसरता जनाउने छ’ उनले भने ‘यसमा तपाइँको सहयोगको अपेक्षा गर्छु ।’

साधारणसभाको अवसरमा मञ्चको मुखपत्र हातेमालो सन्देश स्मारिका विमोचन गरिएको थियो । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशनमा निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, तृतीय उपाध्यक्ष विपिन रामुदामु, केन्द्रीय सदस्यहरू चित्रबहादुर विश्वकर्मा, ऋतु विश्वकर्मा, अधिवक्ता जिवनज्योति विश्वकर्मा र टुलकप्रसाद विश्वकर्मालाई समेत सम्मान गरिएको छ । त्यस्तै पत्रकारिता क्षेत्रमा सक्रिय भएर कलम चलाउने दलित समुदायका पत्रकार तथा सञ्चारकर्मीहरू गोपाल विश्वकर्मा र श्याम विश्वकर्मालाई सम्मान गरिएको थियो । साधारणसभामा मञ्चका महासचिव अमिर रामदामले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुलबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका