जोडिनुहोस
  • होमपेज
  • भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार भन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार भन्दा बढी

नयाँदिल्ली, पुस २८-

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको कारण २०० भन्दा कम व्यक्तिको मृत्यु आज दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एक दिनमा ८ लाख ९७ हजार ५६ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका