जोडिनुहोस
  • होमपेज
  • एनसेलले ल्यायो ‘फास्ट फरवार्ड लाइफ’ योजना

एनसेलले ल्यायो ‘फास्ट फरवार्ड लाइफ’ योजना

काठमाडौं,पुस २८-

कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेका असहज परिस्थितिलाई आत्मसात् गर्दै नव सामान्यीकरणका साथ अघि बढ्न प्रोत्साहन गर्दै आएको एनसेलले नयाँ अभियानको थालनी गरेको छ । भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्नका लागि एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुरुआत गरेको हो ।

एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरुमार्फत् सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ । ‘डिजिटलका साथ अब अगाडि बढौँ’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधैँ सँगै’अनुरुप सञ्चालन गरेको हो । यसमा कसरी डिजिटल पावर अर्थात् सेवा–सुविधाले जीवनयापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर देखाइएको छ । कोरोनाको प्रभावपश्चात् डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ ।

कोभिड–१९ प्रतिकार्यमा सुरुआती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यसअघि ‘अनपज’अभियान सञ्चालन गरेको थियो । जसअन्र्तगत् कम्पनीले महिलाका लागि विशेष ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो । साथै, बन्दाबन्दीले दिएका सिकाइ, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबिनार सेरिज आयोजना गरेको थियो ।

नयाँ अभियानको घोषणापछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिनेखालका सेवा तथा सुविधाहरु ल्याउने जनाइएको छ । बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विशेष राहत प्रदान गर्दै निर्वाधरुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले बन्दाबन्दीपश्चात् पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो ।

एनसेलका अनुसार उसले कोरोना प्रतिकार्यअन्र्तगत् विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवालगायत विविध ग्राहकमैत्री अफरहरुसमेत गरी झन्डै ९ अर्ब ७० करोड रुपैयाँ बराबर मूल्यको योगदान गरेको छ । प्रतिकार्य पहलअन्तर्गत् नै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका