



चितवन, पुस २७–
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत आज (सोमबार) पाँच खेल सम्पन्न भएका छन् ।
सोमबारको पहिलो खेलमा जु फुटबल क्लव विजयी भएको छ । जु फुटबल क्लवले न्यू दिव्यज्योति फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।
यस्तै दोस्रो खेलमा इडुक्वेट ब्रोदर्स फुटबल क्लव विजयी भएको छ । इडुक्वेट ब्रोदर्सले चन्द्रमुखीलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।
त्यस्तै तेस्रो खेलमा अल स्टार फुटबल क्लवले धर्मदयालाई १–० ले पराजित गरेको छ । सोमबार नै भएको चौथो खेलमा नारायणी फुटबल क्लव विजयी भएको छ । नारायणीले नयाँ गोरेटोलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
पाँचौं खेलमा सर्वश्रेष्ठ एनसिएफसी विजयी भएको छ । सर्वश्रेष्ठले देवघाट फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्न सफल भयो । सर्वश्रेष्ठ नारायणी एकता क्लव भरतपुर–१ को आयोजनामा सुरु भएको प्रतियोगिता माघ २ गतेसम्म चल्ने छ ।