



चितवन, पुस २७–
मैयाँदेवी मार्ग नारायणगढमा रहेको श्री गणेश बजार व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन रानाभाट सर्वसम्मत चयन हुनुभएको छ ।
सोमबार सानोगढीमा भएको पाँचौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा शंकर घिमिरे, सचिवमा गुणराज दाहाल, कोषाध्यक्षमा डोलराज काफ्ले र सहसचिवमा दीपा शाही चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा ठाकुरप्रसाद सापकोटा, शिवप्रसाद रिजाल, सुनिता पाण्डे, विपिन रिजाल र सुनिल कुमार चयन भएको सचिव गुणराज दाहालले जानकारी दिनुभयो ।
अधिवेशनको सोमबार उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । साधारणसभामा सचिव रामप्रसाद पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गुणराज दाहालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष अरुण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालिन उपाध्यक्ष अर्जुन रानाभाटले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने वरिष्ठ समाजसेवी टंकनाथ पौडेल, संस्थाका निवर्तमान अध्यक्ष बसन्तमोहन अधिकारी र सल्लाहकार दुर्गादत्त चापागाईले मन्तव्य राख्नुभएको थियो । यस्तै सोही अवसरमा टंक सापकोटा र टंकनाथ पौडेललालाई सम्मान गरिएको थियो ।