



चितवन, पुस २७–
रोटरी क्लब अफ नारायणी मिड टाउन चितवनले जिल्लाको इच्छाकामना गाउँपालिका अन्तर्गत रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय गर्दासमा खानेपानी मेसिन सहयोग गरेको छ ।
महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख ६५ हजार रुपैयाँ र क्लबको एक लाख ६५ हजार रुपैयाँ गरी जम्मा रु तीन लाख ३० हजार रुपैयाँमा शुद्ध खानेपानी मेसिन जडान गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
साथै क्लबले उक्त विद्यालयमा झण्डै ३९० जना विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ । त्यस्तै क्लबका २२ जना सदस्यले गरिब जेहन्दार २२ जना विद्यार्थीलाई पढ्नका लागि लाग्ने सम्पूर्ण खर्च सहित न्यानो कपडा वितरण कार्य समेत गरेका छन् । साथै सोही कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत क्लबका निवर्तमान अध्यक्ष रोटरियन आशिष भण्डारीले प्रशिक्षण समेत दिनुभएको थियो ।
क्लबका प्रथम उपाध्यक्ष अर्पण प्रधान भण्डारीले कक्षा ७, ८, ९ र १० का छात्राहरुलाई महिनावारी सम्बन्धमा आवश्यक जानकारी सहितको प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रममा क्लबका अध्यक्ष यामनाथ दनैले सामाजिक उत्तरदायित्व स्वरुप रोटरीयनहरुले यो कार्य गरेको बताउनुभयो । रोटरीको टिच कार्यक्रम अन्तर्गत नै विद्यालयमा यी कार्यक्रमहरु भएका अध्यक्ष दनैले जानकारी दिनुभयो ।