



रत्ननगर, पुस २६ –
रत्ननगर नगरपालिकामा संसद विघटन विरुद्ध बयलगाड़ा प्रदर्शन गरिएको छ । नेकपा (प्रचण्ड माधव) समुह निकट अनेरास्ववियू चितवनले असंवैधानिक ढंगले गरिएको संसद विघटन विरुद्ध बयलगाड़ा प्रदर्शन गरेको हो । असंवैधानिक र प्रतिगामी प्रतिनिधिसभा बिघटनको विरुद्धमा सहीद स्मृति बहुमुखी कलेज रत्ननगरमा बयलगाड़ा प्रदर्शन र नारावाजी गरीएको थियो ।
उक्त कार्यक्रममा अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताहरूको सक्रीय उपस्थिति रहेको नेकपा चितवनका युवा नेता दिवाकर राज श्रेष्ठले जानकारी दिए ।