जोडिनुहोस
  • होमपेज
  • नेपालमा थप ३६२ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३६२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, पुस २५-

पछिल्लो २४ घण्टामा नेपालमा ३६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९९ जनाले कोरोना जितेका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ६४ हजार ५२१ पुगको छ । जसमध्ये दुई लाख ५७ हजार ९२८ जनाले कोरोना जितेका छन् । शनिबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या चार हजार ६८१ रहेको नेपालमा २६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका