जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं, पुस २३–

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ ।

होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित हुन पुग्यो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो । एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउनसक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाउनुभयो । बलिङतर्फ सिड्नी थन्डरका तनवीर सङ्घा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले दुई दुई विकेट लिनुभयो ।

यसअघि सिड्नीका लागि ब्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिनुभयो । लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आउनुभएको थियो । उहाँले आफ्नो पहिलो ओभरमा ६ रन खर्चिनुभयो । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनको विकेट लिनुभयो । सो ओभरमा उहाँले चार रन मात्र दिनुभयो ।

लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिनुभयो । हाल जारी बिग बास लिगमा लामिछानेको यो तेस्रो खेल हो । उहाँले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिनुभएको थियो । लामिछाने आवद्ध होबार्ट हालसम्म ९ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?