



आशिष उप्रेती,
चितवन, पुस २२–
पूर्वी चितवनको राप्ती नगरपालिका–५, भण्डारास्थित राजमार्ग क्षेत्रमा पछिल्लो समय दुर्घटना बढ्दो छ ।
दुर्घटनामा परि धेरैले ज्यान गुमाई सकेका छन् । ती दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज (बुधबार) पितृ उद्धारको लागि १ दिने ज्ञान महायज्ञ लगाईएको छ ।
विश्व हिन्दु महासंघ राप्ती नगर समिति चितवनले भण्डारामा राजमार्गमा दुर्घटनामा परी मृत्यु भएका र विविध कारणबाट दुर्घटनामा परी आत्मा परित्याग गरेकाहरुको सम्झनामा पितृ उद्धार तथा अनिष्टनाशक स्वस्ति शान्ति र एक दिने ज्ञान महायज्ञ लगाएको हो ।