होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

चितवन, पुस २२–

चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) पत्रकार सम्मेलन गरी पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क., भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरु सबैको पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले चोरीका घटना बढेपछि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा शंकास्पद अवस्थामा भरतपुर–१० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडी रोकी राखेको प्रदेश नं.२–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको २२० सिसिको पल्सर मोटरसाइकलसहित प्रहरीको विशेष टोलीले मेलोन सुनारलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले थप अनुसन्धानको क्रममा दुई मोटरसाइकल र एउटा स्कुटरसहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो ।

एक प्रतिक्रिया on “चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

  1. धेरै रामो काम धनयवाद मेरो पनि ना 22 प 3675 को 150 सी सी पलसर बाइक चोरी भयेको दुई महिना भयो पायेको छैन खोजी गरीदिनु हुन अनुरोध गदछु नमस्कार धन्यवाद

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका