जोडिनुहोस
  • होमपेज
  • मधेसमा ओली समूहको शक्ति प्रदर्शन, जनकपुरमा हजारौंको सहभागिता

मधेसमा ओली समूहको शक्ति प्रदर्शन, जनकपुरमा हजारौंको सहभागिता

जनकपुर,पुस २१-

केपी शर्मा ओली पक्षीय नेकपाले आज जनकपुरमा शक्ति प्रदर्शन गरेको छ । मधेसविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो । अहिले ओली सरकारमा प्रदेश २ का तीन मन्त्री छन् । पूर्व माओवादी नेता प्रभु साहसमेत लागेपछि ओली पक्षीय नेकपाप्रति जनकपुरबासीको आकर्षण बढेको छ ।

जनकपुरको रेल्वे स्टेशन परिसरबाट सुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी छन् । प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत हुनेछ । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका