



काठमाडौं, पुस २१–
साउथह्याम्टनले शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गरेको छ।
इंग्लिस प्रिमियर लिग अन्तरगत सोमबार भएको खेलमा लिभरपुललाई साउथह्याम्टनले १–० गोल अन्तरले पराजित गरेको हो।
खेलको दोस्रो मिनेटमै साउथह्याम्टनले अग्रता लिएको थियो। वार्ड प्राउसको फ्रिकिकमा ड्यानी इङ्ग्सले गोल गरेर साथह्याम्टनलाई सुरुवाती अग्रता दिलाएका थिए।
पराजयपछि पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ।