होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनका सुमित लामा निर्देशित ‘के खानु कसम..’ भिडियो सार्वजनिक

चितवनका सुमित लामा निर्देशित ‘के खानु कसम..’ भिडियो सार्वजनिक

चितवन, पुस २०–

चितवनका युवा निर्देशक सुमित लामाले निर्देशन गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘के खानु कसम..’ बोलको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । दर्जनौं म्यूजिक भिडियो निर्देशन गरि सकेका लामाको यो भिडियो निकै उत्कृष्ट बनेको छ ।

निर्देशक लामाले भिडियो धेरै राम्रो बनेको दावी गर्दै सबैलाई हेरेर सल्लाह, सुझाव दिन आग्रह गरेका छन् । उनका अनुसार चितवनको जेम्सवल्र्ड फनपार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगललगायतको क्षेत्रमा भिडियो छायाँकन गरिएको हो । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको छ ।

भिडियोमा मकवानपुरका मोडल सगुन स्याङतानको अभिनय रहेको छ । विशाल काल्तानको शब्द, संगीत र लय रहेको उक्त गीतमा सगुनलाई मोडल यङगी दोङ्ले साथ दिएकी छन् । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको सो गीतमा दिपेश प्रधानले अडियो मिक्सीङ गरेका हुन् ।

लक्ष्मण घिमिरेले छ्याङकन र विष्णु सेवाले ड्रोनको भुमिका निर्वाह गरेका छन् ।

एक प्रतिक्रिया on “चितवनका सुमित लामा निर्देशित ‘के खानु कसम..’ भिडियो सार्वजनिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका