



काठमाडौं, पुस २०–
जारी प्रिमियर लिगमा चेल्सीमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो ।
सिटीका लागि १८औं एकाए गुन्डागोन, फिल पोडेनले २१औं र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गरे ।
चेल्सीका लागि इन्जुरी टाइममा कलुम हड्सन ओडोइले सान्त्वना गोल फर्काए ।
जितपछि सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।