




सर्लाही, पुस १८ – सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । शनिबार सर्लाहीको हरिवनमा गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले ठक्कर दिँदा घाईते भएका तामाङको अवस्था अहिले सामान्य रहेको छ । घाइते तामाङको अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले बताएका हुन् ।
मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।